दफा ५२४
करार पूरा गर्ने ठाउँ

(१) कुनै काम पूरा गर्न करारमा कुनै निश्चित ठाउँ तोकिएको रहेछ भने त्यस्तो काम सोही ठाउँमा पूरा गर्नु पर्नेछ।
(२) करार बमोजिम कुनै एक पक्षले अर्को पक्षलाई कुनै वस्तु दिनु, बुझाउनु पर्ने रहेछ र त्यसरी वस्तु बुझाउने ठाउँ करारमा तोकिएको रहेनछ भने त्यस्तो वस्तु रहेको ठाउँमा नै वस्तु बुझाउने गरी करार भएको मानिनेछ ।
(३) कुनै काम गर्ने निश्चित ठाउँ करारमा तोकिएको रहेनछ तर त्यस्तो काम कुनै खास ठाउँमा मात्र गर्न सकिने वा चलन व्यवहार वा त्यस्तो कामको प्रकृति अनुसार कुनै खास ठाउँमा मात्र गर्नु पर्ने किसिमको रहेछ भने त्यस्तो काम सोही ठाउँमा गर्ने गरी करार भएको मानिनेछ ।
(४) उपदफा (२) र (३) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा करार बमोजिम काम गर्ने ठाउँ करारमा उल्लेख भएको रहेनछ भने करार बमोजिम काम गर्ने पक्षले अर्को पक्षलाई मनासिब ठाउँ तोकिदिन सूचना गर्नु पर्नेछ र अर्को पक्षले पनि त्यस्तो काम गर्न मनासिब ठाउँ तोकिदिनु पर्नेछ ।